News दोस्रो रुपन्देही ओपन फुटसल शुरु
सुरज राना मगर

बुटवल । रुपन्देहीमा खेलकुदसँगै समाजसेवामा पनि आफूलाई सक्रिय राखेको युवाहरुको समूह फूलबारी गाईजको आयोजनामा दोस्रो रुपन्देही खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।

बिहीबार र शुक्रबार गरि दुई दिने प्रतियोगिता अन्तरगत पहिलो दिन बिहीबार शुरुवाती दुई क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । बुटवल योगीकुटी स्थित लुम्बिनी फुटसलमा भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङले गरेका थिए ।

बिहीबार पहिलो दिनको खेल समाप्त हुँदासम्म हिमालय गोर्खा र युनिक फुटसल सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । प्रतियोगिता अन्तरगत शुक्रबार बाँकी दुई क्वाटफाइनल खेल, सेमिफाइनल तथा फाइनल खेल हुने प्रतियोगिता संयोजक सुशिल तामाङले जानकारी दिए ।

कुल १८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक फूलबारी गाईजका अध्यक्ष शिव रानाले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष रानाले बताए ।

अहिलेका युवाहरु गलत बाटोतर्फ लागिरहेको चर्चा गर्दै खेल संयोजक तामाङले आफुहरुले फुटसल कै माध्यमबाट युवाहरुलाई गलत बाटो रोज्नुबाट रोकेर खेलकुदतर्फ आकर्षित गर्न प्रतियोगिताको आयोजना गरिएको बताए ।

 

Post Comments