News आयोजक चुलाचुली सेमिफाइनलमा
गोलनेपाल

दमक । आयोजक चुलाचुली फुटबल क्लब जारी दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा चुलाचुलीले बी १६ वाई.एफसी लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।

चुलाचुली खेलमैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलको पाँचौं मिनटमै माल्दिना आङ्गथुम्पोले पेनाल्टीबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच पनि आङ्गथुम्पो नै घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष १० गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नर्थ राधानगर फुटबल क्लब, मोरङ र बिर्तामोड युनाइटेड, झापाबीच हुने आयोजकले जनाएको छ ।

चुलाचुली फुटबल क्लब, दमक झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुष १२ गतेका दिन हुनेछ ।

Post Comments