News पुष १६ देखि स्व. संजोग स्मृति कप
गोलनेपाल

बेलबारी । बेलबारी फुटबल क्लब मोरङमो आयोजनामा यहि पुष १६ गतेदेखि स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बेलबारी–३ मोरङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यावासिनी फुटबल क्लब, बिराटनग र डाँगीहाट एफसी, मोरङ भिड्ने छन् ।

सन्ध्या सारा युपिभिसी प्रोफाईल प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ हात पार्ने छन् ।

बेलबारी नगरपालिकाको संयोजनमा हुन गईरहेको प्रतियोगितामा मोरङ, बिराटनगर, झापा, धनकुटाका गरि कुल १० टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको फाइनल खेल भने पुष २५ गते शनिबारका दिन हुनेछ ।

Post Comments