News
तेस्रो नेपाल सुपर लिग (एनएसएल) को खेलहरु पोखरामा पनि हुने
काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका केही खेलहरु काठमाडौं बाहिर पहिलोपटक पोखरामा पनि हुने भएको छ । निकट स्रोतका अनुसार लिगका करिब १०–१२ खेलहरु पोखरा रंगशालामा हुनेछन् ।
स्मरण रहोस, प्रतियोगिताको तेस्रो संस्करण आउँदो चैत १६ गतेदेखि शुरु हुँदैछ । त्यसका लागि खेलाडीहरुको लिलामी पनि फागुन पहिलो साता गर्ने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. ले यसअघि नै घोषणा गरिसकेको छ ।
प्रतियोगिताको गत संस्करणको उपाधि भने ललितपुर सिटी फुटबल क्लबले जितेको छ । लिगमा कुल ८ टोलीहरुले सहभागिता जनाउने बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै