News सुष्मा कलेज, धरान मेघा, स्मल हेभन र ग्रीनपिसको जित
गोलनेपाल

इटहरी । यहाँ जारी हिसान–एन्फा सुनसरी कप युथ फुटबल प्रतियोगितामा सुष्मा कलेज, धरान मेघा हिमालयन, स्मल हेभन एकेडेमी र ग्रीनसिप एकेडेमीले जित दर्ता गरेका छन् ।

इटहरी स्थित बुढासुब्बा फुटबल मैदानमा भएको दिनको पहिलो खेलमा सुष्मा कलेजले बिष्णु मेमोरियललाई ५–० ले हरायो । खेलमा सुष्मा कलेजका देवराज श्रेष्ठ म्यान अफ दि म्याच बने । दोस्रो खेलमा धरान मेघा हिमालयनले सि.बी. कलेजलाई समान ५–० कै अन्तरले हरायो । खेलमा धरान मेघाका निशान तामाङ म्यान अफ दि म्याच बने ।

तेस्रो खेलमा स्मल हेभनले स्किल कलेजलाई टाईब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा स्मल हेभनका सुजल साह म्यान अफ दि चुनिए ।

चौथो खेलमा ग्रीनपिसले धरान उच्च माविलाई शून्यका विरुद्ध २ गोलको अन्तरले हरायो । खेलमा ग्रीनपिसका दिपेश कार्की म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १४ गते सोमबार पनि चार खेलहरु हुने आयोजकले जानकारी दियो ।

हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा जारी प्रतियोगितामा कुल २३ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल माघ १८ गतेका दिन हुनेछ ।

 

Post Comments