News लोहरुङ्ग एफसी सेमिफाइनलमा
गोलनेपाल

इटहरी । लोहरुङ्ग फुटबल क्लब, संखुवासभा यहाँ जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति दोस्रो कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ लोहरुङ्गले चारतारे युथ क्लब, मोरङ्गलाई १–० ले हरायो । लोहरुङ्गको जितमा खेलको २१औं मिनटमा सुनिल खड्काले एक मात्र निर्णायक गोल गरे ।

खेलमा निर्णायक गोलकर्ता लोहरुङ्गका सुनिल खड्का नै खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ २० गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सिंहदेवी फुटबल क्लब, धनकुटा र गाईघाट फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments