News भुटानी टोली २५औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धरान । प्रभावशाली जितका साथ आर.टि.सी. फुटबल क्लब, भुटान जारी २५औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ आर.टि.सी. ले राजा क्लब, इटहरी, सुनसरीलाई ४-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । धरान रंगशालामा भएको खेलमा आर.टि.सी. का लागि सोनाम एसे, सोनाम छोजाङ, कर्मा जम्सो र नेन्दा योसलले गोल गरे । उता राजा क्लबका लागि भने एलेक्सले एक मात्र गोल फर्काएका थिए ।

खेलमा आर.टि.सी. का सोनाम एसे म्यान अफ दि म्याच बने । उनले पुरस्कार बापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ २२ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी), काठमाडौ र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापाबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।

Post Comments