News ब्ल्याक बुल्स फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने
उमेश पुन

पोखरा । पहिलो खेलबाटै प्रभावशाली प्रदर्शन गरेको पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तान जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्रीस्टार फुटबल क्लब, ललितपुरलाई शून्यका विरुद्ध ४ गोलको प्रभावशाली जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलमा ब्ल्याक बुल्स कै असिलबेक ओरिफजोनोफ प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । ब्ल्याक बुल्सले अब फागुन ३ गते शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments