News
सुजताको निर्णायक गोलसँगै भद्रपुर सेमिफाइनलमा
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा शिवसताक्षी नगरपालिकालाई १-० को झिनो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
डोमलाल राजवंशी रंगशालामा सम्पन्न खेलमा भद्रपुरको जितका लागि पहिलो हाफको बिसौँ मिनेटमा सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
यस संगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनल फागुन २ गते शुक्रबार कन्काइ नगरपालिका र मेचि नगर नगरपालिका बिच हुनेछ । दोस्रो सेमिफाइनल फागु ३ गते शनिबार अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिका बिच हुनेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा