News
युनानसँग खेल्दा नेपाली युथ टोलीका आशिष राई गम्भिर घाइते
काठमाडौं । चाईनिज नयाँ वर्षको अवसर पारी आयोजित चीनको युनान युथ क्लब र नेपाली युथ टोलीबीचको मैत्रीपूणृ खेलमा नेपाली टोलीका आशिष राई गम्भिर रुपमा चोटिल बनेका छन् ।
खेलको पहिलो हाफतर्फ ३६औं मिनटमा युनान युथका डेले मोरीसँग बल खोस्ने क्रममा आशिष राई गम्भिर रुपमा घाइते हुन पुगेका हुने । चोटिल बनेका आशिषको खुट्टा डरलाग्दो गरी भाँिचएको छ । उनलाई तत्काल अस्पताल लगिएको एन्फाले जनाएको छ ।
यो चोटसँगै आशिष लामो समय मैदान बाहिर रहनुपर्ने निश्चित देखिएको छ । स्मरण रहोस, सो खेलमा नेपाली युथ टोली युनान युथसँग २–० ले पराजित हुन पुगेको थियो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि