News दुहबी मेयर कपः वार्ड नम्बर ३ को जितमा सुशान्तको निर्णायक गोल
गोलनेपाल

दुहबी । झिनो अन्तरको जित निकाल्दै वार्ड नम्बर ३ यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ३ का लागि सुशान्त चौधरीले पेनाल्टी मार्फत एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने वार्ड नम्बर ३ कै गोलरक्षक पर्वत राजभर घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको चौथो प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर ६ र वार्ड नम्बर ७ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Post Comments