News दोस्रो माडी गोल्डकपमा आठ टोलीको भिडन्त
सुरज राना मगर

माडी । आउँदो माघको पहिलो सातादेखि शुरु हुन गईरहेको दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने आठ टोलीहरुको टुंगो लागेको छ ।

माडी–३ बसन्तपुर बजार स्थित माडी माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बसन्तपुर युनाइटेड क्लबसँगै काठमाडौं–११ एफसी, बिरगंज युथ एकेडेमी बिरगंज, लेखनाथ युनाइटेड पोखरा, अल स्टार क्लब तनहुँ, एफसी मुन्डियाल हेटौडा, सेन्ट्रल कलेज भरतपुर एफसी र एभरेष्ट क्लब चितवनले सहभागिता जनाउने तय भएको छ ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । माडी नगरपालिकाको मुख्य प्रवद्र्धनमा हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

साथै अन्य व्यक्तिग विधातर्फ पनि नगद पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएकोछ । भरतपुर जिल्ला फुटबल संघ प्रवद्र्धक रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ १० गतेका दिन हुनेछ ।

Post Comments