News मिलनको निर्णायक गोलसँगै धरान सिटी सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । साँघुरो जितका साथ धरान सिटी एकेडेमी फुटबल क्लब जारी टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाई पाएर सिधै क्वाटरफाइनलमा भिडेको धरान सिटीले शुक्रबार उर्लाबारी एफसी, मोरङलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । धरान सिटीको जितमा मिलन लिम्बुले ७२औं मिनटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता मिलन लिम्बु नै घोषित भए । उनले पुरस्कार वापत नगद २,५५५ रुपैयाँ र मेडल हात पारे । उनलाई बेलबारी ३ का वडा अध्यक्ष योगेन्द्र सुबेदीले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत पुष १८ गते शनिबारको खेल बेलबारी एफसी (निलो) र पथरी शनिश्चरे फुटबल क्लब, पथरी बीच हुने आयोजकले जानकारी दिएको छ ।

बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ हात पार्ने छन् । फाइनल खेल आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments