News विद्यालय खेलकुद र नेक्ससबीच सम्झौता
गोलनेपाल

काठमाडौं । विद्यालय खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल विद्यालय खेलकुद महासंघ र नेक्सस इन्टरनेसनल एकेडेमीबीच सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो महत्वपूर्ण सम्झौताले विदालयस्तर मै खेलकुदको प्रवद्र्धन र विकासमा थप टेवा पुग्ने विश्वास पनि दुवै पक्षले लिएका छन् । साथै यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको समेत दुवै पक्षले बताएका छन् ।

Post Comments