बंगलादेशको काउरन बाजार प्रगति संघ यहाँ जारी दोस्रो भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ ।
आज भएको खेलमा काठमाडौँको न्यू रोट टिम (एनआरटी)लाई २-० गोलअन्तरले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । बंगलादेशका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशले खेलको २४औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । त्यसलगत्तै खेलको २६औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २-० ले अग्रता दोब्बर बनाए ।
खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका लागिखेल्नेछ । भोलि (सोमबार) अन्तिम क्वाटरफाइनल खेल एपीएफ एफसीले ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानसँग खेल्नेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाखसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार दिइनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा