जितपुर । कपिलवस्तु जिल्ला फुटबल संघ, कपिलवस्तुको आयोजनामा यही फागुन १४ गतेदेखि शुरु हुन गईरहेको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १४ गतेका दिन आयोजक कपिलवस्तु–११ र संकटा फुटबल क्लब, काठमाडौं भिड्ने छन् । नेपाल र भारतका गरी कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन २१ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको र सबैलाई खेल अवलोकन गरी प्रतियोगितालाई सहयोग, समर्थन गरिदिनु आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले अनुरोध समेत गरेका छन् ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा