News महिला फुटबल टोलीलाई इतिहास रच्ने सुनौलो अवसर
गोलनेपाल

काठमाडौं । चारदेशीय महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले तुलनात्मक रुपमा बलियो म्यानमारको सामना गर्दैछ । खेल दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुँदैछ ।

आजको फाइनल खेल नेपाली महिला फुटबल टोलीका लागि विशेष पनि छ । उपाधि उचाल्न सके अन्तर्राष्ट्रिय फुटबलमा महिला टोलीका लागि यो ऐतिहासिक उपलब्धी पनि हुनेछ ।

फिफा वरियताको १०३औं स्थानमा रहेको नेपाल र ५५औं स्थानमा रहेको म्यानमार दुवैको उपाधिमाथि आ–आफ्नै दावी छ । यसै प्रतियोगिताको लिग चरणमा पनि यी दुई टोली आपसमा भिडेका थिए । जुन खेल रोमाञ्चक २–२ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा, घरेलु समर्थकहरुका बीच ऐतिहासिक उपलब्धी र उपाधि जित्ने सुनौलो अवसर र योजनामा सफल होला त टिम नेपाल? त्यसका लागि आज बेलुकाको फाइनल खेलको नतिजा पर्खिनु पर्नेछ ।

Post Comments