News युएईमा एक दिने फुटबल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका आप्रवासी नेपाली समुदायहरुबीच एक दिने फुटबल प्रतियोगिता हुने भएको छ । कास्की–११ युएई र कास्की आदर्श समाजको संयुक्त आयोजनामा यहि आउँदो पुष २४ गते शुक्रबार प्रथम समृद्धि कास्की फुटबल प्रतियोगिता हुने भएको हो ।

दुबईको अल्कोज ४ स्थित डुल्स्को खेलमैदानमा हुने प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । युएईमा रहेका आप्रवासी नेपाली समुदायबीच आपसी भाइचारा, सदभावसँग्ै स्वस्थ मनोरञ्जनको उद्देश्य बोकेर हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५५५ युएई दिराम हात पार्नेछ भने उपविजेताले २५५५ दिराम प्राप्त गर्नेछ ।

प्रतियोगिताको टिमदर्ता शुल्क भने ११९९ दिराम तोकिएको छ । आयोजकका अनुसार प्रतियोगिता गत मार्च महिना मै गर्ने भनिएको थियो । तर विश्वव्यापी कोभिड–१९ महामारीका कारण अन्तिम समयमा आएर प्रतियोगिता स्थगित गर्नुपरेको आयोजकले जानकारी दियो ।

सेट कास्कीको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगितको मुख्य प्रायोजन एसटीएम फाउण्डेशनले गरेको छ । त्यस्तै सह–प्रायोजन भने सयपत्री रेष्टरेण्टले गरेको छ ।

यस्ता छन् सहभागि टोलीहरुः

ग्रिन सिटी इलाम, मेची महाकाली एफसी, युथ स्पोर्टिङ एफसी, युनाइटेड एफसी, न्यू ब्वाइज एफसी, योङ ब्वाइज एफसी, कास्की ११, नेपाल टाइगर एफसी, लमजुङ एफसी, काष्ठमान्डप एफसी, डिभ टेक एफसी र आइएनएएस एफसी

Post Comments