News पत्थरडाँडाको जितमा निरको ह्याट्रिक
सुरज राना मगर

बुटवल । पत्थरडाँडा फुटबल क्लब, भलवारी जारी प्रथम चरङ्गे कप सेभेन ए साईट नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा पत्थरडाँडाले शिवनगर युवा क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा पत्थरडाँडाका लागि निर थापाले ह्याट्रिक गरे । त्यस्तै थप दुई गोल अनिल क्षेत्रीको नाममा रह्यो । खेलको म्यान अफ द म्याच पत्थरडाँडा कै ह्याट्रिककर्ता निर थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २० गते सोमबारको खेल त्रिशुली एफसी र उज्वल एफसीबीच हुने खेल संयोजक गणेश परियारले जानकारी दिए । चरङ्गे फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ

भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments