आगामी मार्च २९ बाट सुरु हुने तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि मोफसलको क्लब झापा एफसीले तयारी तिव्र पारेको छ । झापा एफसीले झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु गरिएको जनाएको छ ।
क्लबका अध्यक्ष अर्पण खड्काले सफल प्रशिक्षक तथा लयमा रहेका सक्षम खेलाडीका कारण लिग जित्ने दाबी गरेका छन् । ‘हामीले यो पटकको एनएसएल जित्ने गरिको टिम बनाएर तयारी गरिरहेका छौं’ अध्यक्ष खड्काले भने, ‘राम्रो अनुभव भएका प्रशिक्षकहरु र युवा तथा विदेशी खेलाडी हाम्रो जितको आधार हुनेछ ।’ क्लबले मुख्य प्रशिक्षकमा यसअघि नै बिर्तामोडका प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ । झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरेको अध्यक्ष खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
तेस्रो संस्करणको नेपाल सुपर लिगमा झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ । झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् । त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ । झापा एफसीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले समग्रमा टिम राम्रो बनाउने कोसिस भइरहेको बताए । उनले एनएसलएल विदेशी खेलाडीहरुको भर पनि पर्नुपर्र्ने भएकाले राम्रा विदेशी खेलाडी भित्र्याउने प्रयास गरिएको बताए । उनले पूर्वतयारीका लागि एनएसएल खेल्ने धेरै खेलाडीहरु सम्मिलित टिम बनाएर मेचीनगर गोल्डकप खेल्ने जानकारी दिए ।
सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो । अध्यक्ष खड्काले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम भएकाले झापालीसहित सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा