News सहज जितका साथ रारा सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । सहज जितका साथ रारा फुटबल क्लब, राजारानी धनकुटा जारी टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा राराले पथरी शनिश्चरे फुटबल क्लब, मोरङलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । राराले खलमा तीनै गोल दोस्रो हाफमा गर्यो ।

दोस्रो हाफ शुरु भएको दोस्रो मिनटमै खमिर गिलसन कानदङ्गवाले राराका लागि पहिलो गोल गरे । ६३औं मिनटमा सुनिल खड्काले त्यो अग्रता दोब्बर पारे । त्यसको दुई मिनट लगतै खमिर गिलसनले नै व्यक्तिगत दोसे तथा टोलीका लागि तेस्रो गोल गर्दै राराको सहज जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पनि रारा कै दुई गोलकर्ता खमिर गिलसन कान्दङ्गवा नै घोषित भए । उनलाई राष्ट्रिय खेलाडी तथा आयोजक बेलबारी एफसीका पूर्व संरक्षक सल धिमालले २५५५ रुपैयाँ नगद सहित पुरस्कत गरे ।

प्रतियोगिता अन्तरगत पुष २१ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक बेलबारी फुटबल क्लब (रातो) र सताक्षीधाम स्र्पोटिङ क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।

बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

 

Post Comments