News गोल वर्षासँगै एपिएफ महिला गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

इलाम । उपाधिको दाबेदार टोली सशस्त्र प्रहरीको एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ । एपिएफको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

इलाम । उपाधिको दाबेदार टोली सशस्त्र प्रहरीको एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ । एपिएफको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

एपिएफको जितमा रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गर्दा कप्तान अनिता बस्नेतले ह्याट्रिकसँगै ५ गोल गरिन् । यस्तै, अनिता केसी, मनमाया दमाइ र कुसुम खतिवडाको नाममा १-१ गोल रह्यो ।

खेलको ६ मिनेटमै अनिता केसीले गोल गर्दै खाता खोलेकी थिइन् । तर, १२औँ मिनेटमा मदर टेरेसाका लागि प्रतिज्ञा क्षेत्रीले बराबरी गोल गरे पनि बाँकी समय एपिएफ हाबी भएको थियो ।

पहिलो ह्याट्रिक अनिता बस्नेतले गरेकी थिइन् । अनिताले खेलको २१, २६ र ४०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने बाँकी दुई गोल खेलको ४२औँ र ६१औँ मिनेटमा भएको थियो ।

यस्तै, दोहोरो ह्याट्रिक पूरा गर्नेको सूचीमा रश्मिकुमारीको नाम पहिलो बनेको छ । उनले २३, ३१ र ४३औँ मिनेटमा पहिलो ह्याट्रिक र ४९, ५१ र ५८औँ मिनेटमा दोहोरो ह्याट्रिक पूरा गरेकी हुन् ।

यसैगरी, एपिएफकी मनमाया दमाइले खेलको ६८औँ र कुसुम खतिवडाले खेलको ७५औँ मिनेटमा गोल गरेकी हुन् । खेलको प्लेयर अफ दी म्याच एपिएफकी दोहोरो ह्याट्रिककर्ता रश्मिकुमार घिसिङ बन्दै नगद ५ हजार पाइन् ।

भोलि पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments