News आर्मी बिराट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलतर्फ आर्मीले मोरङ–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा खेलको ३७औं मिनटमा निरज चौधरीले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ दि म्याच भने आर्मीका गोलरक्षक बिकेश कुथु चुनिए । उनले पुरस्कार वापत नगद ११ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन २२ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप आयोजक समिति, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments