News
झिलझिलेलाई प्रथम चारपाने युनाइटेड भेट्रान्स कपको उपाधि
बिर्तामोड । यहाँ सम्पन्न प्रथम चारपाने युनाइटेड भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान्सले जित्न सफल भएको छ ।
बेलडाँगी स्थित वीर अमरसिंह माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा झिलझिलेले पूर्वेली भेट्रान्सलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने झिलझिले सफल बन्यो ।
विजेता बनेको झिलझिलेले उपाधिसहित नगद ५११५१ रुपैयाँ हात पार्यो भने उपविजेता पूर्वेली भेट्रान्सले ३११५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लब, बिर्तामोड, झापाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा