काठमाडौं । नेपालको चर्चित टेलिकम कम्पनी एनसेलले अर्को महिना शुरु हुने बहुप्रतिक्षित तेस्रो नेपाल सुपर लिग (एनएसएल) को टाईटर स्पोन्सर गरेको छ । एनसेलले सुपर लिगसँग यसअघिका संस्करणहरुमा पनि सहकार्य गरे तापनि टाईटल स्पोन्सरका रुपमा भने पहिलोपटक अघि सरेको हो ।
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेलसँगको सहकार्यले आफूहरु निकै उत्साहित रहेको बताएका छन् । साथै उनले एनसेलले गरेको यो प्रायोजनले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउन र बलियो फुटबल सँस्कृति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
स्मरण रहोस, तेस्रो नेपाल सुपर लिग आउँदो चैत्र १६ गतेदेखि हुँदैछ । यसपटक लिगमा कुल सात टोलीहरुले सहभागिता जनाउँदैछन् । जसमा काठमाडौं रेजर्स, झापा एफसी, ललितपुर सिटी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र चितवन एफसी रहेका छन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न