सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी यहाँ जारी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीलाई रोक्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा पथरी ११ लाई ३-१ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनल यात्रा तय गर्यो । मच्छिन्द्रका लागि विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे ।
खेलको २४औँ मिनेटमा विशाल घलानको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक खेलमा बराबरी गोल गर्न पथरी ११ ले ६६औँ मिनेट पर्खिनु परेको थियो । पथरी ११ का विदेश खेलाडी अर्माण्डले गोल गर्दै खेलमा फर्किएपछि खेल थप रोमाञ्चक बनेको थियो । तर, ८४औँ मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल गरेर मच्छिन्द्रको अग्रता दोब्बर बनाएका हुन् ।
पथरी ११ विरूद्ध २-१ गोलकाे अग्रता कायम गरेकाे अवस्थामा मच्छिन्द्रका लागि थप गोल नवयुग श्रेष्ठले खेलको इन्जुरी समयमा गरेपछि फाइनल यात्रा सुनिश्चित बनेको हो । मच्छिन्द्रका स्टेफन प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजार ५ सय पाउन सफल भए । पाँचथर क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि चर्च ब्वाइज युनाइटेड र नमो बुद्ध युथ क्लब सप्तरीले अन्तिम सेफाइनल खेल खेल्नेछन् । गोल्डकपको विजेताले नगद ११ लाख १ हजार पाउँदा उपविजेताले नगद ५ लाख ५५ हजार र ट्रफी पाउने छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात