News अष्ट्रेलियामा दोस्रो सिल्भर रे कप हुने
गोलनेपाल

काठमाडौं । सिल्भर रे रियल्टी, ब्रिसबेन र सिल्भर रे यार्सा एफसीको आयोजनामा अष्ट्रेलियामा रहेका नेपाली कम्युनिटी क्लबहरुबीच आउँदो जुन ८ र ९ तारीखका दिन दोस्रो सिल्भर रे कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

अष्ट्रेलियन शहर ब्रिसबेन मै हुने प्रतियोगितामा नेपाली कम्युनिटीहरुबीच हुने अहिलेसम्म कै सर्वाधिक धनराशीको पुरस्कार रहेको आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार डलर हात पार्नेछ भने उपविजेताले ७५०० डलरसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments