काठमाडौं । मलेसियाको पेनाङ सहरमा सम्पन्न भएको दोस्रो एन पेनाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक एन पेनाङ फुटबल क्लबले जितेको छ । मार्च ३१ र अप्रिल १ मा पेनाङको स्टेडियम मिनि पेमान्ताङमा भएको दुई दिने प्रतियोगिताको फाइनलमा मनकामना एफसीलाई १–५ गोलको अन्तरले हराउँदै एन पेनाङ च्याम्पियन बनेको हो ।
विजेता बनेको एन पेनाङले उपाधि सहित ३० हजार मालेसियन रिङगेट, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता बनेको मनकामना एफसीले १५ हजार मलेसियन रिङगेटसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
मरचेन्ट्रेड आइपे रेमिटको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको बिधागततर्फ पनि एन पेनाङकै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी एन पेनाङ कै सुरेश खत्री घोषित भए । त्यस्तै सर्बाधिक गोलकर्ता एन पेनाङका मदन स्याङतान बन्दा उत्कृष्ट डिफेन्डर पनि पेनाङकै सनम राई बने । उत्कृष्ट मिडफिल्ड एन पेनाङकै रोशन भुजेल चुनिदा उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट मेनेजर पनि पेनाङकै अम्मर र निशान लिम्बू बने । यसैगरी उत्कृष्ट गोलरक्षक भने मनकामनाका सुशान्त कोईराला चुनिए ।
कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको समापन कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा राष्ट्रिय महिला फुटबल टोलिका खेलाडीद्वय प्रिति राई, अनिता बस्नेत र एन्फाका टेक्निकल डाइरेक्टर एवम पुर्ब अन्तर्राष्ट्रिय खेलाडी हरि खडकाको पनि उपस्थित रहेको थियो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने