News
झापामा खुला फुटसल प्रतियोगिता हुँदै
बिर्तामोड । गेमस्टा स्पोर्टस हब, झापाले यही चैत्र १६ गतेका दिन फाइभ ए साईड खुला फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
अर्जुनधारा–६, बिर्तामोड, झापा स्थित फुटसल मैदानमा हुने प्रतियोगिताको चैत्र १३ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9849288649 9707348520 9816066150 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि