News
लम्की फुटसल र घोडाघोडी क्लब सेमिफाइनलमा
सुखड । लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टर तथा घोडाघोडी क्लब जारी प्रथम वडा अध्यक्ष कप यु–२० जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
घोडाघोडी खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ लम्की फुटसलले सहारा फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा लम्की फुटसलका गोविन्द बिक म्यान अफ दि म्याच बने ।
त्यस्तै अर्को क्वाटरफाइनलतर्फ घोडाघोडीले साइपाल युथ क्लबलाई समान १–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । खेलमा घोडाघोडीका अरुण चौधरी म्यान अफ दि म्याच चुनिए ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने