News आर.एफ.सी. हरिवन तेस्रो लहान मेयर गोल्डकपको फाइनलमा
गोलनेपाल

लहान । आर.एफ.सी. हरिवन, सर्लाही यहाँ जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ आर.एफ.सी. ले घरेलु टोली लहान एफसी, लहान (निलो) लाई टाईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा आर.एफ.सी. ले लहानमाथि ३–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो ।

खेलमा आर.एफ.सी. का गोलरक्षक रोहन तामाङ म्यान अफ दि म्याच घोषित भए । आर.एफ.सी. ले अब चैत्र २० गते हुने फाइनलमा चात्या सा पुस्तकालय, दमक, झापासँग उपाधिका लागि भिड्नेछ ।

हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ ।

Post Comments