News
सुपर लिगमा चितवनको विजयी शुरुवात
काठमाडौं । नेपाल सुपर लिगमा यस सिजन दावेदारका रुपमा हेरिएको एफसी चितवनले लिगको शुरुवात उत्कृष्ट जितका साथ गरेको छ ।
सोमबार दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा थन्डर्समाथि २–० को जित निकाल्दै लिगमा विजयी शुरुवात गर्यो ।
चितवनका लागि खेलको १४औं मिनटमा नादिर मवलोनोवले पहिलो गोल गरे । खेलको अन्तिमतिर इन्जुरी समयमा निरज चौधरीले दोस्रो गोल गर्दै चितवनको जित पक्का गरे ।
यो जितपछि तीन अंक जोडेको चितवन शिर्ष स्थानमा छ । पराजित पोखरा भने अंकविहीन रुपमा पुछारमा छ । शिर्ष तीनमा चितवनपछि समान १–१ अंक जोडेका काठमाडौं रेजर्स र ललितपुर सिटी रहेका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न