News चरङ्गेको जितमा मोहनको 'डबल ह्याट्रिक'
सुरज राना मगर

बुटवल । मोहन थापा एक्लैले दोहोरो ह्याट्रिक गरेपछि आयोजक चरङ्गे फुटबल क्लब फराकिलो जितका साथ जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा आयोजक चरङ्गेले पुन्डरी फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हरायो । आयोजकको जितमा मोहन थापा एक्लैले ६ गोल गरे भने डेविड गुरुङ्गको नाममा एक गोल रह्यो ।

खेलको म्यान अफ द म्याच भने विपक्षी टोलीका अनिल नेपालीले हात पारे । प्रतियोगिता अन्तरगत पुष २५ गतेको खेल चपरहट्टी फुटबल क्लब र तिलोत्तमा बी फुटबल क्लबबीच हुने खेल संयोजक गणेश परियारले बताए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएकोछ ।

Post Comments