News युथ स्र्पोटिङलाई प्रथम समृद्धि कास्की कपको उपाधि
गोलनेपाल

काठमाडौं । युएईमा रहेका आप्रवासी नेपाली टोलीहरुबीच सम्पन्न प्रथम समृद्धि कास्की फुटबल प्रतियोगिताको उपाधि युथ स्र्पोटिङ फुटबल क्लबले जितेको छ ।

दुबई स्थित डुल्स्को स्पोर्टस कम्प्लेक्समा भएको फाइनल भिडन्तमा युथ स्र्पोटिङले योङ ब्वाईज फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । विजेता बनेको युथ स्र्पोटिङले उपाधिसहित नगद ४५५५ युएई दिराम हात पार्यो भने उपविजेता योङ ब्वाईजले २५५५ दिराममा चित्त बुझायो ।

भुजेल भने सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि युथ स्र्पोटिङ एफसी कै दबदबा रह्यो । जसअन्तरगत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टोली युथ स्र्पोटिङका मधु भुजेल घोषित भए ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डरको पुरस्कार पनि युथ स्र्पोटिङ कै क्रमशः प्रकाश बस्नेत र प्रविन श्रेष्ठले हात पारे । प्रतियोगिताको अनुशासित टोली भने इनास एफसी बन्यो ।

सेट कास्कीको व्यवस्थापन तथा कास्की आदर्श समाज, युएई र कास्की–११ को संयुक्त आयोजनामा भएको एक दिने प्रतियोगितामा युएईमा रहेका विभिन्न १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments