News
बुटवललाई हराउँदै शिर्ष तीनमा काठमाडौं रेजर्स
काठमाडौं । साँघुरो अन्तरको जितका साथ पूर्व विजेता काठमाडौं रेजर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगतर्फ लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवल लुम्बिनी फुटबल क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । खेलको ८९औं मिनटमा अमदु डियोपले गरेको एक मात्र गोल काठमाडौंलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।
यो जितपछि ४ खेलबाट ५ अंक जोडेको काठमाडौं लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित बुटवल लुम्बिनी १ अंकका साथ पुछारमा छ । र, प्ले अफ होडबाट लगभग बाहिरिने संघारमा पुगेको छ । शिर्ष स्थानमा भने ३ खेलबाट ७ अंक जोडेको चितवन रहेको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि