News
बुटवललाई हराउँदै शिर्ष तीनमा काठमाडौं रेजर्स
काठमाडौं । साँघुरो अन्तरको जितका साथ पूर्व विजेता काठमाडौं रेजर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगतर्फ लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवल लुम्बिनी फुटबल क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । खेलको ८९औं मिनटमा अमदु डियोपले गरेको एक मात्र गोल काठमाडौंलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।
यो जितपछि ४ खेलबाट ५ अंक जोडेको काठमाडौं लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित बुटवल लुम्बिनी १ अंकका साथ पुछारमा छ । र, प्ले अफ होडबाट लगभग बाहिरिने संघारमा पुगेको छ । शिर्ष स्थानमा भने ३ खेलबाट ७ अंक जोडेको चितवन रहेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न