News सौभाग्य र रम्भादेवी क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । सौभाग्य युवा क्लब र सयपत्री युवा क्लब जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको पहिलो खेलमा सौभाग्यले त्रिशुली एफसीलाई शून्यका विरुद्ध २ गोलले हरायो । सौभाग्यको जितमा यम राना र बिशेष रानाले गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित त्रिशुलीका गणेश राना घोषित भए ।

त्यस्तै दोस्रो खेलमा रम्भादेवी एफसीले चरङ्गे इन्टरटेनमेन्टलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा पनि पराजित टोली चरङ्गेका हुम थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २७ गते सोमबारको पहिलो खेल सक्रिय एफसी र सयपत्री युवा क्लबबीच हुनेछ भने दोस्रो खेल चपरहट्टी युनाइटेड एफसी र भलवारी एफसीबीच हुने खेल संयोजक गणेश परियारले बताए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सागर थापाले बताए । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

 

Post Comments