
हेटौंडा । ऋषेश्वर ११ क्लबको आयोजनामा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आइतबारदेखि दोस्रो थाहा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
मकवानपुरको इन्द्रायणी खेलमैदानमा भएको उद्घाटन खेलमा चित्लाङ एफसीले स्वच्छन्द्र भैरव फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । त्यस्तै दोस्रो खेलमा एफसी डाडाबासले शिखर क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो ।
कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
थाहा नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच थाहा नगरपालिका उपप्रमुख खड्ग गोपालीले गरेका थिए । खेलकुदको विकास गर्न नगरपालिकाले सधैँ साथ र सहयोग गर्ने उपप्रमुख गोपालीले बताए ।
थाहा नगरमा खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने, थाहा नगरका उत्कृष्ट फुटबल खेलाडीहरुको पहिचान गर्ने, स्थानीय दर्शकहरुलाई खेलको माध्यमबाट स्वस्थ मनोरञ्जन प्रदान गर्ने, खेलाडीहरुमा विकास, अनुशासन र गतिशीलताको भावना वृद्धि गने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटिका सदस्य सुमन विष्टले जानकारी दिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा