News
साफ यु–१९ च्याम्पियनसिपका लागि भारत पुग्यो टिम नेपाल
काठमाडौं । केही दिन मै शुरु हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि नेपालको युथ टोली आयोजना स्थल भारतको अरुणाचल प्रदेश पुगेको छ । नेपाली टोलीलाई आयोजक र त्यहाँका स्थानीय पदाधिकारीहरुले स्वागत गरे ।
प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको नेपालले आयोजक भारत र श्रीलंकासँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल ११ मईका दिन श्रीलंका र १३ मईका दिन भारतसँग खेल्नेछ ।
त्यस्तै समूह बी तर्फ बंगलादेश, भुटान र माल्दिभ्स छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने मई १८ तारीखका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल