News
बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
१२ औं गोर्खा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गर्न सफल भएको छ।
चौबिसे गाउँपालिकास्थित पुन्य माविको खेलमैदानमा आज सम्पन्न खेलमा बिर्तामोडले गोल्डेन स्टारलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
बिर्तामोडको जितमा मौसम सुब्बाले ह्याट्रिक गरे भने एक गोल आर्यन राईले जोडे। उता पराजित टिम गोल्डेन स्टारका लागि एकमात्र सान्त्वना गोल सबिन घिमिरेले गरे।
उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोडका मौसम सुब्बा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि एलएक्स सिटी एफसी बेलबारी र चर्च ब्वाइज बीच हुनेछ।
१२ औं गोर्खा रारा गोल्डकपको विजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन्।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा