News
साफ युथ च्याम्पियनसिपमा नेपालको चुनौती सेमिफाइनलबाट समाप्त
काठमाडौं । भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको चुनौती सेमिफाइनलबाट समाप्त भएको छ ।
शुक्रवार अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशसँग १-२ को हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिएको हो ।
समूह बी मा रहँदै समूह उपविजेताका रुपमा भारतसँगै अन्तिम चारमा स्थान बनाएको नेपालले सेमिफाइनलमा भने अपेक्षाकृत नतिजा हात पार्न सकेन ।
शुक्रबार नै हुने दोस्रो खेलमा आयोजक भारतले तुलनात्मक रुपमा कमजोर आँकिएको माल्दिभ्ससँग दोस्रो सेमिफाइनल खेल्दैछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल