बेलबारी, मोरङस्थित एलएक्स सिटी एफसी ले राजारानी, धनकुटामा जारी १२औं गोरखा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एलएक्स सिटी एफसीले चर्च ब्वाइज युनाइटेड लाई सडन डेथसम्म पुगेको पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेटको खेल २-२ को रोमाञ्चक बराबरीमा सकिएपछि खेल टाइब्रेकमा धकेलिएको थियो।
चर्च ब्वाइजका लागि समीर तामाङले दुई गोल गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए। तर, खेलको अन्तिम मिनेटमा एलएक्स सिटीले पाएको पेनाल्टीमा छिरिङ गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए, जसले खेललाई पेनाल्टीमा पुर्यायो।
पेनाल्टी सुटआउटमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे तापनि, सडन डेथमा समीर तामाङले आफ्नो प्रहार चुकेपछि एलएक्स सिटीले जित हात पार्यो। एलएक्स सिटी एफसीका गोलकिपर विवेक मगरले निर्णायक बचत गर्दै खेलको ‘प्लेयर अफ द म्याच’को उपाधि जिते।
अब फाइनलमा एलएक्स सिटी एफसी र बिर्तामोड युनाइटेड एफसी आमनेसामने हुनेछन्। फाइनल खेल आइतबार हुनेछ भने प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा