News
साफ यु–१९ च्याम्पियनसिपः फाइनलमा भारत र बंगलादेश भिड्ने
काठमाडौं । जारी साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र बंगलादेश उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै भारत र बंगलादेशले फाइनल स्थान पक्का गरेका हुन् ।
भारतले दोस्रो सेमिफाइनलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै फाइनल यात्रा तय गर्यो । त्यस्तै पहिलो सेमिफाइनलमा भने बंगलादेशले नेपाललाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।
फाइनल खेल आउँदो मई १८ तारीख आइतबारका दिन अरुणाचाल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भारत र बंगलादेशबीच हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल