पञ्चकन्या गोल्डकपमा एन्फा मकवानपुरको विजयी सुरुवात
गोलनेपाल

चितवन । चितवनको रत्ननगर टिकौलीमा आजबाट सुरु भएको प्रथम पञ्चकन्या गोल्डकप फुटबलमा मकवानपुर जिल्ला फुटबल संघले विजयी सुरुवात गरेको छ ।

टिकौली मैदानमा भएको उद्घाटन खेलमा एन्फा मकवानपुरले आयोजक न्यू पञ्चदिप युवा क्लबलाई ५-१ ले हरायो । एन्फा मकवानपुरको जितमा सामुयल सुनार र बिक्रम थोकरले २-२ तथा विश्व लामाले एक गोल गरे ।

घरेलु टोली पञ्चदिपका लागि सुदीप गुरुङले एक मात्र गोल गरे । दुई गोल गरेका एन्फा मकवानपुरका सामुयल प्लेयर अफ दि म्याच बने । यो जितसँगै एन्फा मकवानपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा भोलि ल्हासो कन्सल्टेन्सी एफसी र वीरगन्ज युनाइटेड भिड्नेछन् । असोज २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments