Province 1 हाङमाचुली र सीएसएसएफसी एकतप्पा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

एकतप्पा, इलाम । उपाधिको दाबेदार टाली हाङमाचुली एफसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आयोजित तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फाल्गुनन्द एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै हाङमाचुली सेमिफाइनलमा प्रवेश गरेको हो । तेस्रो संस्करणमा हाङमाचुली फाल्गुनन्दसँग पराजित भएर उपविजेतामा समेटिएको थियो ।

हाङमाचुलीका लागि खेलको १४औँ मिनेटमा युनिष मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने विनोद धमलाले ३२औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका हुन् । फाल्गुनन्दका लागि ५५औैँ मिनेटमा सौरभ लिम्बूले सान्त्वना गोल फर्काएका थिए ।

यसैगरी, महिलातर्फको खेलमा मैदाने एफसी अनुपस्थित भएपछि सीएसएस एफसी बी सोझै सेमिफाइनलमा प्रवेश गरेको छ । भोलि शुक्रबार पुरुषतर्फ चौबन्दी एफसी र ब्रदर्श युनाइटेड एफसी तथा महिलातर्फ क्रिएटिभ सोसियल स्पोर्टिङ एफसी र पाँचथरको नाइन स्टार एफसीबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

दीपावलीको अवसरमा क्रिएटिभ सोसियल स्पोर्टिङ क्लब फाकफोकथुम ७ ले आयोजना गरेको प्रतियोगिताको कात्तिक १६ गते हुने पुरुषतर्फको फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छ ।

Post Comments