Province 1 बिराट गोल्डकपको तयारी पूरा, विजेतालाई १५ लाख (खेलतालिकासहित)
गोलनेपाल

बिराटनगर । बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा यहि चैत्र २६ गते बिहीबारदेखि शुरु हुन गईरहेको छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

साथै आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका गरि कुल १० टोलीहरुको सहभागिता रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली बिराटनगर–११ र युनाइटेड सिक्किम एफसी, भारत भिड्ने छन् ।

बिराटनगर स्थित शहिद रंगशालामा हुने प्रतियोगिताका सबै खेलहरु रात्रीकालिन हुने बताइएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो नयाँ बर्ष २०७८ बैशाख ४ गतेका दिन हुनेछ ।

हेर्नुहोस खेलतालिकाः

 

Post Comments