Province 1 हाटखोला फुटबल क्लबलाई दुई सेट जर्सी प्रायोजन
गोलनेपाल

हाटखोला फुटबल क्लब वराहक्षेत्र -२, हाटखोला सुनसरीलाई दुई सेट जर्सी प्रायोजन भएको छ ।

हाटखोला फुटबल क्लबका भुतपुर्व खेलाडी तथा फुटबलप्रेमी गुना लिम्बूले हाटखोला फुटबल क्लबलाई १६ थान फुटबल जर्सी प्रायोजन गरिदिनु भएको छ । त्यस्तैगरि हाटखोला फुटबल क्लबका अर्का भुतपुर्व खेलाडी तथा फुटबलप्रेमी आकास हाङ राईले पनि आफ्नो स्वर्गीय बुबा गम्भिरध्वज राईको स्मृतिमा १६ थान फुटबल जर्सी प्रायोजन गरि दिनु भएको छ ।

जर्सी प्रायोजन गरिदिनु हुने फुटबलप्रेमी गुना लिम्बूका भाई सुर्य तुम्बाहाङ्फेले क्लबका अध्यक्ष विकास सुनुवार र सचिव रोहित शाहलाई १६ थान जर्सी हस्तान्तरण गर्नु भएको थियोे । त्यस्तैगरी आफ्नो स्वर्गीय बुबाको स्मृतिमा जर्सी प्रायोजन गरि दिनु हुने आकाश हाङ राईका दाजु चतुरहाङ राईले क्लब अध्यक्ष विकास सुनुवारलाई १६ थान जर्सी हस्तान्तरण गर्नु भएको थियो ।

हाटखोला फुटबल क्लबलाई जर्सी प्रायोजन गरिदिनु हुने गुना लिम्बू र आकाश हाङ राईद्वयलाई क्लबका अध्यक्ष विकास सुनुवार र सचिव रोहित शाहले आगामी दिनहरूमा पनि वहाँहरुबाट यसरी नै सहयोगको अपेक्षा गर्दै क्लब र खेलाडीको तर्फबाट धन्यवाद तथा कृतज्ञता प्रकट गर्नु भएको छ ।

हाटखोला फुटबल क्लबले नियमित संचालन गर्दै आइरहेको फुटबल ट्रेनिङ सेन्टरमा ३० जना युवा खेलाडीहरु रहेका छन् । ती खेलाडीहरुलाई बोइज युनियन क्लब र सातदोबाटो युथ क्लबबाट खेली सकेका खेलाडी आकाश राईले राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित दैनिक ट्रेनिङ दिदै आइरहेको छन।

Post Comments