Province 1 भाद्र अन्तिमदेखि सुकचर च्यालेञ्ज कप
गोलनेपाल

बुढीगंगा । मोफसलमा फुटबलले विस्तारै गति लिने क्रममा पुर्वि जिल्ला मोरङमा पनि यहि भाद्र अन्तिमदेखि फुटबल प्रतियोगिताको आयोजना तय भएको छ ।

नव युवा क्लब सुकचर ११, बुढीगंगा गा.पा.–६ सुकचर मोरङको आयोजनामा यहि भाद्र २६ गतेदेखि प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु हुन लागेको हो ।

बुढीगंगा गाउँपालिका हात्तीमुडा, मोरङ तथा बुढीगंगा गाउँपालिका वार्ड नम्बर ६ को संयुक्त संयोजनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

सुकचर स्थित बुुढीगंगा खेलमैदानमा हुने प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो असोज ४ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments