Province 1 बिराटनगर स्पोर्टस सेमिफाइनलमा
गोलनेपाल

सुकचर । बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ यहाँ जारी प्रथम सुकचर च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

सोमबार सम्पन्न पहिलो क्वाटरफाइनलमा तालतलैया फुटबल क्लब, इटहरी सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै बिराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सुकचर स्थित बुढीगंगा खेलमैदानमा भएको खेलमा बिराटनगरले दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो गोल दोस्रो हाफ शुरु भएको १२औं मिनटमा नविन कामतले गरे भने दोस्रो गोल ७३औं मिनटमा साजन राईले गरे ।

खेलको म्यान अफ द म्याच बिराटनगरका अशोक खवास घोषित भए । उनलाई बुढीगंगा गाउँपालिकाका वडा सदस्य हर्क चन्द्र चौधरीले नगद ५०० र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत भदौ २९ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक नवयुवा क्लब सुकचर ११, मोरङ र इनरुवा फुटबल क्लब, इनरुवा सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

नवयुवा क्लब सुकचर ११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो असोज ४ गतेका दिन हुनेछ ।

Post Comments