Province 1 धरानमा राष्ट्रियस्तरको फुटसल हुने
गोलनेपाल

धरान । एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरि फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि असोज १० गते देखि १२ गते सम्म तिन दिनको हुने आयोजक मितेरि फुटसल र सिंगापुर लिफ टिमले वुधवार पत्रकार सम्मेलन गरि जानकारी गरायो । मितेरि फुटसलले यस अघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भए पनि यसपटक देखि वृहत कार्यक्रमको आयोजना सुरुवात गरिएको मितेरि फुटसलका संचालक एवंम अध्यक्ष लुकेन्द्र राईले बताए ।

त्यस्तै प्रतियोगिताको उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने राइले जनाए ।

प्रतियोगितामा धरान, इटहरी, काठमाण्डौ, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटा, लगायतवाट करिव ३० टिमले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।

प्रतियोगितावाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्प देखि भेडेटार सम्मको टर्निङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त टर्निङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने तथा धरानका पत्रकारहरुको पहलमा र १७ न.ं वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गरायो ।

प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचार प्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी टिम र पुर्व सिंगापुर पुलिस टिम विच आसोज ८ गते मैत्रिपुर्ण फुटसल खेलिने पनि आयोजकले जानकारी दियो ।

अनुमानित १५ लाख रुपैयाको वजेट रहेको प्रतियोगिताको असोज ९ गते विहान खेल तालिका तयार गरिने र १० गते विहान ८ वजे देखि औपचारिक कार्यक्रम सहित प्रतियोगिता उद्घाटन हुने आयोजकले जनाएको छ । 

विविध क्षेत्रमा सक्रिय मितेरी फुटसल

आयोजक मितेरि फुटसल २०७५ सालमा स्थापना भएको हो । फुटसलसँगै इन्डोर व्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल वन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्ने गरि मितेरी फुटसलको यससँगै अन्य धेरै खेलकुद अन्तर्गत व्यवसायीक योजनाहरु समेत रहेको संचालक राईले बताए ।

त्यस्तै अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुरवाट छुट्टिमा नेपाल आएका धरानका सिंगापुर पुलिस टिम हुन । विदामा आएका समुहले सामाजिक उत्तरदायीत्व पनि निर्वाह गरेको हुने भएकोले छुट्टिमा आएको वेला च्यारिटेवल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वुले बताए ।

 

 

 

 

 

Post Comments