Province 1 आयोजक नर्थ राधानगर सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । पाहुना टोली चुलाचुली इलामलाई हराउदै आयोजक नर्थ राधानगर फुटवल क्लव प्रथम राधानगर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा चुलाचुली फुटवल क्लव इलाम विरुद्ध २ गोल गर्दै आयोजक नर्थ राधानगर फुटवल क्लव बेलबारी विजयी भएको हो ।

खेलको चौथो मिनेटमा योन्जन लिम्बुले गोल गर्दै आयोजक नर्थ राधानगरलाई खेलमा अग्रता दिलाएका थिए । विपक्षी माथि दबाब कायम राखेको आयोजकका लागि दोस्रो गोल भने दोस्रो हाफमा सुजन बस्नेतले गरेका थिए । दोस्रो हाफ सुरु भएको ३ मिनेटमै सुजनले गोल गर्न सफल भए । चुलाचुली फुटवल क्लव इलामले पाएका केहि मौकाहरु बारमा लागेर फर्किनु दुर्भाग्यपुृर्ण बन्यो ।

खेलको म्यान अफ द म्याच आयोजकका मौसम सुब्बा घोषित हुदै नगद २ हजार प्राप्त गरे । बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक पथरी स्पोर्टिङ क्लव पथरी र पन्चाइन फुटवल क्लव सुनसरी बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज २३ गतेका दिन हुनेछ ।

 

Post Comments